वृक्षारोपण दिवसको अवसरमा धादिङको विभिन्न स्थानमा वृक्षारोपण

धादिङ,१५ असार ।
राष्ट्रिय वृक्षारोपण दिवसको अवसरमा नीलकण्ठ नगरपालिका वडा नम्बर १२ स्थित पुशपति सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको छ ।

“वृक्षारोपण गरि हरियाली कायम गरौं ” भन्ने मुल नाराका साथ डिभिजन वन कार्यालय धादिङको आयोजना तथा पुशपति सामुदायिक वा उपभोक्ता समुह, पुशपति मन्दिर व्यवस्थापन समिति, पुशपति टोल विकास संस्था र वडा नम्बर १२ को समन्वय र सहकार्यमा मंगलबार सामुदायिक वन क्षेत्रमा वृक्षारोपण गरिएको हो । प्रमुख जिल्ला अधिकारी कृष्ण प्रसाद लम्सालको प्रमुख आथित्यतामा उक्त क्षेत्रमा विभिन्न प्रजातिका विरुवाहरु वृक्षारोपण गरिएको हो ।

कार्यक्रममा डिभिजन वन कार्यालय धादिङका डिभिजनल बन अधिकृत अजय बिक्रम मानन्धरले वृक्षारोपणले बजार क्षेत्रको सौन्दर्यता बढाउनुका साथै अक्सिजन समेत प्रदान गर्ने हुनाले दिवसको अवसर पारेर मात्रै नभई हरेक समयमा वृक्षारोपण गर्नु आवश्यक रहेको बताउनुभयो ।

बृक्षारोपण कार्यक्रममा जिल्ला प्रहरी कार्यालय धादिङका कार्यालय प्रमुख, अन्य सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधि सरोकारवाला निकाय लगायतको सहभागिता रहेको थियो ।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्