देशभर एकैदिन थपिए ६२ जना नयाँ कोरोना सङ्क्रमित

धादिङ,१५ असार ।
देशभर थप ६२ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा फेला परेको यो सङ्ख्या पछिल्लो ३ महिना यताकै उच्च हो ।

यसअघि फागुन ३० मा देशभर ५८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । त्यसयता निरन्तर ओरालो लाग्दै गएको कोरोना सङ्क्रमित थपिनेको सङ्ख्या पछिल्लो समय फेरि बढ्न थालेको छ ।

मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर १ हजार ६ सय २० कोरोना परीक्षण गरिएको छ । जसमा १ हजार ८ आरटी पिसिआर विधिबाट परीक्षण गर्दा ५१ जना र ६ सय १२ एन्टिजेन विधिबाट परीक्षण गर्दा ११ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घन्टामा देशभर रहेका सक्रिय सङ्क्रमित मध्ये थप १९ जना स्वस्थ भएका छन् भने १ लाख ८४ हजार ५ सय ४५ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । देशभर नयाँ सङ्क्रमितको सङ्ख्या बढ्न थालेसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या बढेर २ सय ६१ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्