बेनीघाट रोराङ गाउँपालिकाका तिनजना क्रिकेट खेलाडी सम्मानित

धादिङ,१५ असार ।
धादिङको बेनीघाट रोराङ गाउँपालिकाले तिन क्रिकेट खेलाडीलाई सम्मान गरेको छ । बेनीघाट रोराङबाट बागमती प्रदेश स्तरीय क्रिकेट खेल्ने ३ जना खेलाडीहरु श्याम त्रिपाठी, आशिष मिया, एन्जल सिलवाललाई बुधबार गाउँपालिकाले जनही २५ हजार नगद सहित सम्मान गरेको हो ।

धादिङको इतिहासमा पहिलो पटक प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा भाग लिँदै उप विजेता बनेको अवसरमा तत्कालिन पालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले बेनीघाटका ३ जना खेलाडीलार्य २५–२५ हजार र क्रिकेट संघ धादिङलाई ५० हजार प्रदान गर्ने घोषणा गर्नुभएको थियो ।

उक्त घोषणालाई नव निर्वाचित पालिका अध्यक्ष कृष्णबहादुर थपलिया (विवेक) ले कार्यान्वयनमा ल्याउँदै गाउँपालिकाले खेलाडी र क्रिकेट संघ धादिङलाई नगद सहित सम्मान गरेको हो ।

गत चैतमा भएको बागमती प्रदेश स्तरीय क्रिकेट प्रतियोगितामा रसुवालाई ५ ओभरमा अलआउट गर्दै अगाडी बढेको धादिङ क्रिकेट टिमले काठमाडौंलाई १९ ओभरमा पराजित गर्दै सेमिफाईनलको यात्रा तय गरेको थियो । मकवानपुरसँग फाईनल खेलेको धादिङले ३७ रनले पराजित हुँदै उपविजेतामा रोकिन पुगेको थियो ।

तस्वीर : अशोक श्रेष्ठ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्