यसरी मनाईयो धादिङमा धान दिवस (तस्बिरमा हेर्नुहोस)

धादिङ,१५ असार ।

आज असार १५ अर्थात १९ औं राष्ट्रिय धान दिवस,धादिङ सहित देशैभर राष्ट्रिय धान दिवस मनाईएको छ ।

‘धान रोपौं, खाद्यान्नमा आत्मनिर्भर बनौं’ नाराका साथ मनाइएको राष्ट्रिय धान दिवसमा धादिङ सहित देशभर रोपाइँ लगायतका कार्यक्रम आयोजना गरिएको थियो । धादिङको सिद्धलेक गाउँपालिकामा रोपाई मेलाको आयोजना गरि धान दिवस मनाईएको छ ।

सिद्धलेक गाउँपालिका कृषि विकास शाखाको आयोजनामा वडा नं ५ स्थित बुङचुङमा बाजा गाजा सहित रोपाई मेला गरिएको हो ।
पञ्चेपाजाको साथमा असारे गितमा रम्दै गाउँपालिका अध्यक्ष परशुराम खतिवडा, उपाध्यक्ष सविता अर्याल, प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा लगायतका जन प्रतिनीधि तथा गाउँपालिकाका कर्मचारीहरु रोपाई मेलामा पुगेका थिए ।

उनीहरुले धान रोप्नुको साथै हिजो खेलेर मेला मनाएका थिए । यसैगरी धादिङको गजुरी गाउँपालिका स्थित गलौंदीमा गजुरी गाउँपालिका र कृषि ज्ञान केन्द्र धादिङको प्राविधिक सहयोगमा धान दिवस कार्यक्रम मनाईएको छ ।

विसं २०६१ मङ्सिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो । कृषि प्रधान देश भएकाले नेपालका अधिकांश मानिसको पेशा खेतीपाती हो। किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन् ।
कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् ।

यसबेला दही च्यूराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ । असार १५ लाई नेपाली समाजमा दही च्यूरा खाने पर्वका रुपमा पनि लिइन्छ । हरेक जिल्लामा कृषि ज्ञान केन्द्रको समन्वय तथा स्थानीय तहमा रहेका विभिन्न कृषि सहकारी संस्था, कृषक समूह लगायतका सरोकारवालाहरुको सहकार्यमा धान रोपाई वा धान दिवशलाई भव्यतापूर्वक मनाउने गरिएको छ ।

 सिद्धलेकको धान रोपाई मेला

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्