विदेशमा मृत्यु भएका अभिभावकका छोराछोरीलाई छात्राबृत्ति वितरण

धादिङ १६ असार ।
बैदेशिक रोजगारीको क्रममा मृत्यु भएका परिवारका बालबालिकाहरुलाई धादिङबेसीमा छात्राबृत्ति वितरण गरीएको छ । बैदेशिक रोजगारको शिलशिलामा मृत्यु भएका कामदारका परिवारलाई आवश्यक पर्ने शैक्षिक छात्रबृत्ति प्रदानगर्ने सम्बन्धमा बैदेशिक रोजगार प्रवद्र्धन वोर्डको कल्याणकारी कोषबाट कामदारका छोराछोरीको शैक्षिक विकासका लागी छात्राबृत्ति वितरण गरीएको सुचना तथा परामर्शकर्ता विनोद ढकालले जानकारी दिनुभयो।

अघिल्लो बर्ष निवदेन दिएका ६३ जना अभिभावकका छोराछोरीको लागि बैदेशिक रोजगार कार्यविधिले दिएको अधिकार प्रयोग गरी नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालयले बनाएको कार्यविधि अनुसार जिल्ला शिक्षा कार्यालय धादिङले अभिभावक र उनका वालवालिकाहरुलाई बोलाएर वैदेशिक रोजगार प्रवद्र्धन वोर्डबाट प्राप्त ५ लाख ८४ हजार रकम वितरण गरीएको सामी परियोजनाकी लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारीले जानकारी दिनुभयो ।

छात्राबृत्ति वितरण कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी ध्रुव प्रसाद कोईराला,नीलकण्ठ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल, शिक्षा विकास तथा समन्वय ईकाका प्रमुख यम बहादुर खड्का, शाखा अधिकृत कृष्ण कुमार श्रेष्ठ, सामी कार्यक्रम अधिकृत कमल बहादुर रोकाय, कार्यक्रम संयोजक दिनेश दुवाडी, डिप्रोस नेपालका क्षेत्रीय संयोजक अर्जुन बहादुर शाही ,लेखा तथा प्रशासन अधिकृत सम्झना भण्डारी, सुचना तथा परामर्शकर्ता विनोद ढकाल लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा सामी परियोजना काकार्यक्रम संयोजक दिनेश दुवाडीले सामी परियोजनाले गरेका काम र सुरक्षित बैदेशिक रोजगारको लागि अपनाउने पर्ने प्रकृयाको बारेमा जानकारी गराउनु भएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्