बैंकिङ कसुर मुद्दाका फरार धादिङका प्रेमबहादुर र महोत्तरीका गौरभ पक्राउ

धादिङ,१७ असार ।
बैंकिङ कसुर मुद्दाका फरार दुई जना अभियुक्तहरु पक्राउ परेका छन् ।

शुक्रबार महाराजगञ्जबाट खटिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो( सीआईबी)ले काठमाडौं बालुवाटारबाट धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५ घर भई काठमाडौंको तारकेश्वर–१० मनमैजु बस्दै आएका ३१ वर्षीय प्रेमबहादुर गुरुङ र महोत्तरीको लोहारपट्टि–७ घर भई हाल ललितपुरको महालक्ष्मी–१ इमाडोल बस्ने २८ वर्षीय गौरभ शर्मालाई पक्राउ गरेको हो ।

शर्मालाई उच्च अदालत पाटनको २०७९ वैशाख ५ गतेको फैसलाले ११ दिन कैद र ५५ लाख जरिवाना सुनाएको थियो भने गुरुङलाई उच्च अदालत पाटनले २०७९ साल वैशाख ४ गते २ दिन कैद र ९ लाख ९० हजार रुपैयाँ जरिवाना सुनाएको थियो ।

दुवैजनाले खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर बैंकको चेकहरु आ–आफ्नो खाताबाट भुक्तान हुने गरी पीडितलाई दिएका थिए। पक्राउ परेका उनीहरुलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रहरीले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्