आज थप ५० जनामा कोरोना सङ्क्रमण

धादिङ,१७ असार ।

आज नेपालमाा थप ५० जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ भने आज कोरोना सङ्क्रमणका कारण कसैको मृत्यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १ हजार ४६७ जनाको पीसीआर परीक्षणमा ३५ जना र १ हजार ३८७ जनाको एन्टीजेन परीक्षणमा १५ जना गरी ५० जनामा सङ्क्रमण पुष्टि भएको हो ।

जुन हिजोको तुलनामा भने कम रहेकको छ । हिजो ५५ जनामा कोरोना सङ्क्रमण पुष्टी भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा कोरोनाबाट १८ जना निको भएका छन् भने हाल देशभर २९७ जना सक्रिय सङ्क्रमित रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्