मुख्यमन्त्री पाण्डेले तत्काल राजीनामा नदिने

धादिङ १८ असार
नेकपा एकीकृत समाजवादीका नेता तथा बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले तत्काल राजीनामा नदिने भएका छन् ।प्रदेश सरकार गठबन्धनको सहमतिका आधारमा बनेकाले केन्द्रिय गठबन्धनको निर्णयविना मुख्यमन्त्री पाण्डेले राजीनामा नदिने नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले निर्णय गरेका छ ।

‘केन्द्रीय गठबन्धनले जे फैसला गर्छ त्यही हुन्छ । तलका हल्लाले केही फरक पर्दैन’, बैठकपछि संसदीय दलका उपनेता कृष्ण खनालले भने, ‘केन्द्रीय गठबन्धनले मिलाएर जाउँ भनेमा मुख्यन्त्रीले राजीनामा दिनुहुन्छ नत्र राजीनामा सम्भव छैन ।’उनले भने, ‘नियमित प्रकिया अन्तर्गत संसदीय दलको वैठक बसेको हो ।

यसमा मुख्यमन्त्रीको राजीनामाको विषयमा छलफल हुने कार्य तालिका नै थिएन । केन्द्रीय नेताहरुको सहमतिबाटै सरकारको नेतृत्व फेरिने हो । यो बागमती मात्र नभएर सातै प्रदेशको कुरा हो । हामीले यहाँ छोडदा कहाँ पाउने त्यो पनि एउटा विषय हुन आउँछ । त्यसैले आजको बैठकमा सो विषयमा छलफल भएन । शीर्ष नेताको निर्णय नै अन्तिम हुनेछ ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्