बेनिघाट रोराङका जनप्रतिनिधिलाई बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण

बिशालटार, १८ असार ।
बेनिघाट रोराङ गाउँपालिकामा बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न भएको छ । शनिबार गाउँपालिकाका जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरुको लागि आयोजित १ दिने बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि अभिमुखिकरण कार्यशाला सम्पन्न भएकोे हो । कार्यक्रममा गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक) ले बालमैत्री न्युनतम सुचक,भौतिक पुर्वाधार सबै बिद्यालय पुगि सकेकोले अब बालमैत्री पद्धति अबलम्बन गरि बाल अधिकार र शारीरिक, मानसिक, संवेगात्मक र शैक्षिक उपलब्धिमा केन्द्रित हुनुपर्ने बताउनुभयो ।

No description available.

गाउँपालिकालाई बालमैत्री स्थानीय शासनको सेवा प्रवाहका ३६ र संस्थागत १५ वटा गरि ५१ वटा सुचकहरु पुरा गर्दै क्रमागत रुपमा वडा तथा गाउँपालिकालाई बालमैत्री स्थानीय शासन अबलम्बन गर्दै बालमैत्री पालिका घोषणा गर्ने अभियानमा रहेको प्रमुख प्रशासकीय अधिकृत बोधराज पाठकले बताउनु भयो ।

No description available.

गाउँपालिका अध्यक्ष थपलियाको अध्यक्षतामा भएको कार्यक्रममा वडाध्यक्षहरु, प्रमुख प्रशासकीय अधिकृत पाठक, योजना, स्वास्थ्य , शिक्षा , महिला बालबालिका ,सामाजिक शाखाका कर्मचारी तथा बालक्लबका प्रतिनिधि ,महिला स्वास्थ्य स्वयमसेबिका,स्वास्थ्य संस्थाका प्रतिनिधि,शिक्षक,महिला संञ्जालका प्रतिनिधिहरु सहित सरोकारवालाहरु गरि ५८ जनाको सहभागीता रहेको थियो ।

बालमैत्री स्थानीय शासनको अवधारणा कार्यान्वयन रणनीति सम्बन्धि ज्ञान,सीप तथा क्षमता अभिबृद्धिको मार्फत घर परिवार,टोल बस्ती ,वडा हुँदै बेनिघाट रोराङ गाउँपालिकालाई नै बालमैत्री बनाउन अभियानलाई सार्थक दिने उद्धेश्यले सञ्चालन गरिएको बालमैत्री स्थानीय शासन अबलम्बन तथा घोषणा सम्बन्धि १ दिने गाउँपालिका स्तरीय अभिमुखिकरण कार्यशाला गरिएको महिला तथा बालबालिका शाखा प्रमुख पुजा खनालले बताउनु भयो ।

कार्यशालामा बालमैत्री स्थानीय शासन अबधारणा, बालमैत्री गाउँपालिकाको लागि बालबालिका सम्बन्धि निति,कार्य विधि निर्माण, कार्यान्वयनका खुड्किलाहरु, ३६ वटा सेवाप्रवाह र १५ वटा संस्थागत गरि ५१ वटा सुचकहरु,सुचकहरुको सरलिकण, आचार संहिता निमार्ण, बालबालिकाहरुको बस्तुगत विवरण तयारी, लगानी योजना,गाउँ तथा वडा तहमा बालमैत्री स्थानीय शासन समितिको संरचना लगायत बिषयमा गैरसरकारी संस्था महासंघका बागमती प्रदेश निबर्तमान अध्यक्ष तथा प्रयास नेपाल धादिङका कार्यकारी निर्देशक दामोदर अर्यालले सहजिकरण गर्नुभएको थियो ।

No description available.

कार्यशाला पछि बेनिघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलियाको अध्यक्षतामा गाउँपालिका तहको बालमैत्री स्थानीय शासन समिति गठन भएको बिशालटारबाट सबिना चेपाङले जानकारी दिनुभयो।

No description available.
No description available.
No description available.
No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्