सम्पादकीय :–तनाव व्यवस्थापनमा ध्यान दिऔंं ।

धादिङ,२१ असार।
मानिसको लागि तनाव सबैभन्दा ठुलो चुनौतिको विषय भएको छ । पछिल्लो अध्ययन अनुसार तनावकै कारण धेरै भन्दा धेरै मानिसहरु समस्यामा फस्दै आईरहेका छन् ।

विभिन्न स्थानीय तह वा सरकारले मानिसहरुको तनाव व्यवस्थापनका लाग केही स्थानहरुमा बजेट व्यवस्थापन नै गरेर तनाव व्यवस्थापनका कामहरु गरिरहेको भएपनि त्यो पूर्ण हुन सकेको छैन ।

सरोकारवाला विभिन्न निकायहरुले अहिले तनाब व्यवस्थापनकै लागि धेरै ठूलो रकम खर्च गरेर काम गरिरहेका छन्, तनाव व्यवस्थापन मात्रै गर्न सकियो भने पनि धेरै मानिसहरुको जीवनमा नयाँ प्रकारको उमंग, जोस् जाँगर तथा काम गर्नसक्ने सकारात्मक भाव विकास हुन सक्दछ, यसतर्फ सरोकार राख्नेहरुले अझ गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

तनाव व्यवस्थापन गर्न नसकेकै कारण धेरै मानिसहरु समस्यामा परिरहेको पाउन सकिन्छ, कतिपयलाई सामान्य प्रकारका तनावकै कारण समस्या माथि समस्या थपिँदै गएको छ ।

एउटा घर परिवारमा देखिएका सामान्य किसिमका समस्याहरुदेखी दैनिक घरायसी प्रयोजनमा भईरहेका सामान्य किसिमका समस्यादेखी सामाजिक सांस्कृतिक वा व्यापारिक दृष्टिकोणबाट हामीविचमा जे जे गतिविधि भईरहेका छन् ति सबै गतिविधिहरुको उचित तरिकाले व्यवस्थापन गर्न नसक्दा मानिसहरुलाई स्वभाविक रुपमा तनाव बढ्ने देखिन्छ यो सर्वमान्य विषय पनि हो तर, यसै कुरालाई सबैतिर बुझाउन नसक्दा स्वभाविक रुपमा केही समस्यामा फस्नेहरुको मात्रा वढिरहेको छ ।

जवकि पनि केही घटनाका कार्य विश्लेषणका क्रममा यस्तो भएको पो हो कि ? भन्ने जस्ता अनुमान लगाउने काम कतिपय अवस्थामा भैरहेका छन् ।पछिल्लो समय आर्थिक अभाव र प्रभावका कारण पन कतिपयले विना कारण तनाव व्यहोरिरहनुपरेको अवस्था छ, घरेलु काममा हुने तनावदेखी आर्थिक तनाव सम्मको अवस्थाको तनाव व्यवस्थापन सजिलो पक्ष छैन ।

हाम्रो समाजमा पछिल्लो समय जाँड रक्सी, लगाएतका कुलतहरुमा फसेकाहरुले समेत स्वयम्लाई भन्दा आफन्त र नजिककालाई तनाव थपिएको छ । एकजना नागरिक तनावमा फस्दा अन्य कतिजनालाई तनाव हुन्छ वा त्यसको व्यवस्थापनको लागि कति जनालाई कति समयसम्म सास्ती हुन्छ भन्ने कुरा धेरै ठाउँमा देखिएको छ, पैसा कमाउन नसकेको विषयले मात्रै मानिसलाई तनावको दायरामा ल्याउँदैन ।

हरेक काम विशेष कारणबाट नागरिकहरु तनावमा फसिरहेका छन् यसलाई समयमै नियन्त्रण तथा व्यवस्थापन गर्नु हामी सबैको दायित्व हो । खासगरी भन्ने हो भने पछिल्लो केही समयदेखी अभियान्ता तथा तनाव व्यवस्थापन कार्यसंग सरोकार राख्ने आम संघ संस्थाहरुले पनि समाजमा तनावकै कारण समस्यामा आईरहेकाहरुको तथ्याँङको अवस्था कस्तो छ ? भनेर खोजी गरिरहेका छन्, कतिपय स्थानमा उनीहरुलाई काउन्सिलिङ गर्ने र पुन पहिलेकै अवस्थामा लैजानका लागि कामहरु पनि भैरहेका छन् तर, हामीकहाँ तनावकै कारण समस्यामा रहेकाहरुको अवस्था के छ भनेर बास्तविकता पत्ता लगाउन नसक्दासम्म त्यसको समाधानका लागि पनि मुर्त रुपमा काम गर्न सकिँदैन ।

यसमा सरकारदेखी स्थानीय अगुवासम्म सबैको सहकार्य र हातेमालो आवश्यक पर्दछ । सबैको सहकार्य र हातेमालो गर्न सकिने अवस्थामा मात्र यस्ता कामहरु गर्न सकिने भएकाले समाजभित्रको बास्तविकता कस्तो छ ? त्यसका मुल कारक तत्वहरु के के हुन् भन्ने लगायतका कुराहरु पत्ता लगाउन सकेको खण्डमा मात्रै तनावका कारण हुनसक्ने सम्भावित घटना व्यवस्थापन गर्न सकिन्छ त्यसको लागि सबैले चासो र चिन्ताका साथ काम गरौं, सभ्य र सुन्दर समाज निर्माणका लागी तनाव व्यवस्थापनले पनी केही काम गर्न सक्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्