प्रेस युनियनको अध्यक्षमा संस्थापन पक्षबाट धादिङका अधिकारी उम्मेदवार

धादिङ २३ असार ।
प्रेस युनियनको नवौ महाधिवेशनको लागि धादिङका सरोज अधिकारीले अध्यक्ष पदमा उम्मेदवारी दिने हुनु भएको छ ।श्रमजीवी पत्रकारका पक्षमा खरो गरि उत्रँदै आउनुभएका अधिकारीलाई अध्यक्ष पदमा ल्याउनुपर्ने भन्दै निर्वाचन अघिनै विभिन्न जिल्लाबाट अभियाननै सुरु भएको छ ।

धेरै महाधिवेशन प्रतिनिधि रहेका जिल्लाहरू कैलाली, काठमाडौं, कन्चनपुर, कास्की, चितवन, बांके, सुनसरी, झापा, नवलपुर, ललितपुर, प्रतिष्ठान शाखाहरूमा अधिकारीकाे एकछत्र प्रभाव छ । वर्तमान अध्यक्ष बद्री सिग्देल र पूर्व अध्यक्ष समिरजंग शाहाकाे बलियाे साथ पाएका अधिकारीलाई मधेश प्रदेशमा पनि राम्राे साथ छ ।

प्रेस युनियनका संगठकका रुपमा चिनिनुभएका अधिकारी वर्तमान समितिको कोषाध्यक्ष पदमा हुनुहुन्छ ।संस्थापन पक्षका पदाधिकारी सहितका शिर्ष नेतृत्व वर्तमान कार्यसमितिका कोषाध्यक्ष अधिकारीलाई उमेदवार बनाउन सकारात्मक देखिएका छन् ।

संस्थापन पक्षकाे उम्मेदरवार चयनका लागि भएका बैठकहरूमा अधिकारीलाई उम्मेदवार बनाउँदा मात्र जित्न सकिने चर्चा हुने गरेकाे स्राेत बताउँछन् । अधिकारीले आफु श्रमजीवीका पक्षमा रहेकाे तथ्य पटक पटक पुष्टि गरेका छन् । हरेक श्रमजीवी पत्रकारकाे आन्दोलनमा पुग्ने र सबै पत्रकारका समस्या समाधानमा सकेकाे सहयाेग गर्ने भएकाले पनि अधिकारी व्यवसायिक पत्रकारबीच प्रिय छन् ।

केन्द्रीय सदस्य, कोषाध्यक्ष रहँदा एक दशक भन्दा बढि समयदेखि निरन्तर प्रेस युनियनमा सशक्त भूमिका निर्वाह गर्दै आउनुभएका अधिकारीको पक्षमा चुनाव नजिकिएसगैं बलियो माहोल देखिन्छ । जिल्ला जिल्लाबाट सरोज अधिकारीको पक्षमा खुलेर अभियानहरु समेत सन्चालन भएको छ ।

विभिन्न राष्ट्रिय मिडियामा काम गरिसक्नु भएका अधिकारी व्यवसायिक र क्षमतावान पत्रकार भएको कारणले पनि आगामी महाधिवेशनबाट अध्यक्षमै ल्याउनुपर्ने निष्कर्षमा संस्थापन पक्ष पुगेको छ । साउन ६ र ७ गते युनियनको महाधिवेशन हेटौंडामा हुँदैछ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्