धादिङमा भोलि शनिबार विद्युत अवरुद्ध हुने

धादिङ,२४ असार ।
धादिङमा भोलि शनिबार पनि विद्युत अवरुद्ध हुने भएको छ ।

नेपाल विद्युत प्राधिकरण धादिङ वितरण केन्द्रले सूचना जारी गर्दै भोलि शनिबार धादिङ वितरण केन्द्र अन्तर्गत धादिङबेशी सबस्टेशनको स्वीचयार्ड तथा सबस्टेशनमा समस्या भइ मर्मत तथा सुधार गर्न अत्यावश्यक भएको हुँदा बिहान ११ बजेदेखि दिउसो ३ बजेसम्म विद्युत अवरुद्ध हुने जनाएको छ। उक्त समयमा धादिङबेशी सबस्टेशनबाट सप्लाई हुने क्षेत्रहरुमामा विद्युत आपूर्ति बन्द हुने सुचनामा भनिएको छ ।

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्