सन्दर्भ विरोध र समर्थनको(सम्पादकीय)

धादिङ,२९ असार।
राजनीतिलाई विशुद्ध सेवाभावको रुपमा हेर्ने राजनीतिक दलका नेता तथा कार्यकर्ताहरुबाट तीनै तहको सरकारको नेतृत्व भैराखेको छ भने तीनै राजनीतिक दलका नेता कार्याकर्ताहरुबाटै जनप्रतिनिधिलाई प्रदान गरिएको सेवा सुविधा देखि विभिन्न कामहरुको आलोचना तथा टिका टिप्पणी गर्ने काम समेत भैरहेका छन् ।

सत्ताको नेतृत्व गरिरहेकै राजनीतिक दलका नेता कार्यकर्ताहरुबाट पछिल्लो समय जनप्रतिनिधिहरुप्रति आक्रोसित हुने काम भैरहेको छ । जनप्रतिनिधि आफ्नो हैसियत देखाउने, सेवा सुविधाहरु लिने लगायतको आकाँक्षा राखेर सरकारमा सहभागी हुन होडबाजी चलिरहेको कुरालाई भने नकार्न सकिने अवस्था छैन । अहिले नेता कार्यकर्ता तथा भोटर सम्मले नेतालाई प्रदान गरिएको सेवा सुविधाको बारेमा खुलेर आलोचना गरिरहेका छन् एउटा सामान्य नागरिकको तर्फबाट हेर्ने हो भने त्यो सामान्य विषय पनि हो ।

एउटा दलका कार्यकर्ता जो धेरै वर्षदेखी समाजेसेवामा लागेर काम गरिरहेको छ र उसले दलकै नेतृत्व गरेर जनप्रतिनिधिको भुमिकामा काम गर्ने अवसर पाउँछ भने उसलाई सामान्य वा आधारभुत सेवा सुविधावाट किन बञ्चित गर्ने भन्नेहरुको पनि उत्तिकै मत छ समाजसेवामा गर्नुपर्ने योगदानको आधारमा जनप्रतिनिधिलाई आधारभुत सेवा दिनुपर्छ भन्ने हिसावले हेर्दा अर्का पक्षको बहस पनि ठिकै हो ।

आफ्नो घर परिवार र उसको सबै प्रकारको व्यापार व्यवसाय छाडे पूर्णकालिन रुपमा राजनीतिमा होमिन तयार भएकालाई समान्य प्रकारको सेवा सुविधा रोक्न हुँदैन त्यो सान्दर्भिक पनि होइन किनभने पूर्ण कालिन राजनीतिमा लागेकाहरुले उसको दैनिक जिवनमा आवश्यक पर्ने सबै प्रकारका आधारभुत आवश्यकता पुरा गर्ने ठाउँ खै त ? कि राजनीतिमा लागेकाहरुले खानुपर्दैन? सुत्नु पर्दैन ? नुवाई धुवाई स्वास्थ्योपचार लगायतका काम उसलाई आधारभुत आवश्यकता हैन ? यि र यस्ता किसिमका अनेकौं प्रश्नहरु सेवा सुविधा बन्द गर्नुपर्छ भन्नेहरुका लागि आउन सक्छ र यसको उत्तर दिन उनीहरुलाई अफ्ठ्यारो पनि छ ।

हामी यतिबेला आर्थिक रुपमा विपन्न केही मुलुकलाई हेरेर नराम्रा खालका टिकाटिप्पणी गरिरहेका छौं । अन्य राष्ट्रमा भैरहेका गतिविधिहरुलाई नियाल्नु त ठिकै हो त्यही स्थिति हामीमा पनि हुन्छ भनेर दावी गर्नु सान्दर्भिक हुँदैन। दल, नेता वा नेतृत्वहरुले सेवा सुविधा लिएसगै प्रभावकारी काम गर्नुप¥यो । सुविधाका आधारमा उसले कति उपलब्धि हुने काम राष्ट्रलाई गरेको छ ? के साच्चै नेतृत्वले हामी र हाम्रो भविष्य सोचेका छन् कि छैनन ? कि जागिरेको रुपमा आफुलाई उभ्याइरहेका छन् ? कुन दलका कुन नेताबाट कमजोरी भैरहेको छ उसलाई भो राजनीनामा दिन वा सरकारको नेतृत्वमा नरहन दवाद दिनु अझ सान्दर्भिक हुन सक्दछ ।

राम्रा काम गर्ने विरोधि दलका नेता कार्यकर्ता भए पनि सम्मान गर्ने र खराब आचरण भएकाको आफु शुभचिन्तक नै भए पनि विरोध गर्ने बानिको विकास गर्न सके झनै राम्रो हुन्छ । एउटै दलभित्र पनि जनताको आकांक्षा अनुरुप काम गर्ने सिप र दक्षता भएकाहरुको संख्या धेरै छन् जसले नतिजामुखी काम गरिरहेका छन् उसको पक्षमा खुले वकालत गर्ने हो र पुनः नेतृत्वमा पु¥याउने हो भने जुन दलबाट प्रतिनिधि चुनिए पनि उनीहरु सचेत बन्ने र नारिकको जीवन स्तर उकास्ने काममा ध्यान दिन सक्छन् यसर्थ जनप्रतिनिधिहरुको सेवा सुविधा भन्दा पनि उनीहरुको व्यबहार र विकास निर्माण तथा नागरिकको सेवा भावलाई हेर्ने दृष्टिकोणप्रति विरोध र सर्मथन गर्ने गरौं ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्