पाकिस्तानको राष्ट्रिय च्याम्पियनसिपमा नेपालकी सरु लिम्बुले गरिन् एकै खेलमा १० गोल

नेपालका चार महिला फुटबलर आबद्ध मासा युनाइटेडले पाकिस्तान राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपमा सानदार जित हात पारेको छ।

मासाले मंगलबार भएको खेलमा सियालकोट सिटी महिला फुटबल क्लबलाई १९-० गोलले पराजित गरेको छ। 

मासाको जितमा नेपालकी सरु लिम्बु एक्लैले १० गोल गरेकी छिन्। सरुले खेलको १२, १८ र २५ मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन्।

यस्तै सरुले ४०, ४२ र पहिलो हाफको इन्जुरी टाइममा गोल गर्दै पहिलो हाफमै ६ गोल गरेकी थिइन्।

दोस्रो हाफमा पनि उत्कृष्ट लयमा देखिएकी उनले ५८, ६७, ८५ र ८८ मिनेटमा गरी थप चार गोल गरिन्। 

यस्तै अनिता केसीले पनि ६ गोल गर्न सफल भइन्। अनिताले खेलको २९, ४९, ५३, ५८, ७२ र ७३ मिनेटमा गोल गरेकी थिइन्। 

यस्तै डिफेन्डर गिता रानाले ६३ मिनेटमा गोल गरेकी थिइन्। टिममा राष्ट्रिय टिमकी पहिलो रोजाइकी गोलकिपर एन्जिला तुम्बापो पनि आबद्ध छिन्।

सन् २००५ देखि सुरु भएको पाकिस्तानको राष्ट्रिय महिला फुटबल च्याम्पियनसिपको २०२१ को संस्करण अप्रिल ३ सम्म हुनेछ।प्रतियोगितामा २० टिम रहनेछन्। २० टिमलाई चार समूहमा विभाजन गरिएको छ। नेपाली खेलाडी आबद्ध मासा समूह बीमा छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्