हुन्डाई ‘भेन्यू’का दुई संस्करण नेपाली बजारमा

काठमाडौँ- हुन्डाई गाडीको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले हुन्डाई भेन्यू आईएमटी र हुन्डाई भेन्यू १.२ एसप्लस संस्करण सार्वजनिक गरेको छ।

भेन्यूका यी दुई मोडल भिन्न इन्जिन विकल्पमा उपलब्ध छ। १.२ लिटर पेट्रोल र १.० टर्बो पेट्रोल इन्जिन विकल्प यसमा छ।

यसमा स्मार्ट शार्क फिन एन्टिना, टर्न सिग्नल, रिअर मिरर, इलेक्ट्रिक सन रुफजस्ता फिचर्स छन्।

यी गाडीमा प्रोजेक्टर फग लाइट तथा क्रिस्टल इफेक्ट सहितको एलइडी लाइट पनि छ।

भेन्यू १.२ एसप्लसको सुरूआती मूल्य नेपाली बजारमा ४४ लाख ५६ हजार रूपैयाँ र भेन्यू आईएमटीको ४४ लाख ९६ हजार रूपैयाँ तोकिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्