थप २२९ जनामा कोरोना संक्रमण पुष्टि

धादिङ,३१ असार।

कोरोना भाइरसको सङ्क्रमण दैनिक बढिरहेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा तीन हजार ७१८ जनामा गरिएको परीक्षणमध्ये आज २२९ जनामा सङ्क्रमण देखिएको हो । 

सक्रिय सङ्क्रमितको सङ्ख्या १२८४ जना रहेका छन् । विगत २४ घण्टामा ४८ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् ।  योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६७ हजार ९०६ पुगेको छ । निको हुने दर ९८.७ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन । शून्य सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्