कक्षा १२ को परीक्षा जेठ २६ देखि

धादिङ,२५ फागुन ।
कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । मंगलबार बसेको बोर्डको बैठकले कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि असार ४ गतेसम्मगर्ने निर्णय गरेको बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले बताउनुभयो । 

कोभिड १९ महामारीका कारण सरकारले यो वर्षको शैक्षिक सत्र दुई महिना पछाडि धकेलेर जेठ मसान्त सम्म र नयाँ शैक्षिक सत्र असारदेखि सुरु गर्ने निर्णय गरिसकेको छ ।  

यसअघि वैशाखदेखि चैतसम्म शैक्षिक सत्र सञ्चालन हुने गरेको थियो । मन्त्रिपरिषदको बैठकले शिक्षा नियमावली संशोधन गरेर दुई महिना शैक्षिक सत्र थप गर्ने अधिकार मन्त्रालयलाई दिएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्