नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङको कार्यालय स्थापना

धादिङबेशी,२६ फागुन । 
नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) धादिङको जिल्ला कार्यालय स्थापना गरिएको छ । आज एक कार्यक्रमको आयोजना गरि माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा जिल्ला ईन्चाज शालिकराम जमरकट्टेलले पार्टी कार्यालयको औपचारिक रुपमा उद्घाटन गर्नुभएको हो । 

पुछारबजार स्थित रेडियो बिहानी भएको घरमा पार्टी कार्यालय स्थापना भएको छ । सोहि अबसर पारेर योङ्ग कम्युनिष्ट लिग,नेपाल जिल्ला शाखा धादिङको कार्यालय समेत उद्घाटन गरिएको छ ।

उद्घाटन कार्यक्रमका माओवादी केन्द्र धादिङका अध्यक्ष शालिकराम जम्कट्टेल,सचिव विजय बुर्लाकोटी,नेताहरु मनराज भण्डारी, दिपक लामिछाने, चन्द्र बहादुर सिलवाल, दिपक विश्वकर्मा लगायतको उपस्थिति रहेको थियो । सर्वाेच्च अदालतले नेकपाबारे ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्र ब्युँतिएसँंगै जिल्लाहरुमा आ–आफ्नो पार्टीको नाम र चिन्ह सहितको बोर्ड राख्न थालिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्