महाशिबरात्रिको अबसरमा धादिङ सिद्धलेकमा धार्मिक, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने

धादिङ । महाशिबरात्रिको अबसरमा धादिङ जिल्लाको सिद्धलेक गाउपालिका भित्र रहेको शिद्धबाबा मन्दिर परिसरमा प्रथम सिद्धलेक धार्मिक, पर्यटन तथा सांस्कृतिक महोत्सव हुने भएको छ ।
सिद्धलेक ढेवाडाडा समाजको आयोजना तथा सिद्धलेक गाउपालिकाको प्रायोजन तथा फादर अल्फारोको सह प्रायोजनमा उक्त महोत्वव हुन लागेको हो । यहि फागुन २७ गते ढेवाडाडामा इन्देणी टिमका कलाकार सहित थप कलाकारको टिमले मनोरन्जन प्रदान गरिने आयोजकले बताएको छ ।
हरेक शिवरात्रीमा मेला लाग्ने सिद्धबाबाको मन्दिर परिसरमा हुने महोत्सवमा यस बर्ष हेलिकप्टरबाट अवलोकन गर्न पाईने भएको छ ।
अवलोकनको लागि टिकट बुकिङ खुल्ला भएको र प्रति टिकट ३ हजार र ५ जना मिलेर आए १४ हजारमा हेलिकप्टरबाट सिद्धलेक मन्दिर अवलोकन गर्न पाईने आयोजकले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्