पछिल्लो २४ घण्टामा थप ३ सय ९१ जनामा कोरोना पुष्टि

धादिङ,०४ साउन।
पछिल्लो २४ घण्टामा तीन सय ९१ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पीसीआर र एन्टिजेन गरी तीन हजार नौ सय ८१ जनाको नमुना परीक्षण गर्दा तीन सय ९१ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

४६ जना सङ्क्रमित निको भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार दुई सय ७६ जना पुगेको छ । २४ घण्टामा कोरोना भाइरस सङ्क्रमणका कारण कसैको पनि ज्यान गएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्