लोक सेवा आयोगकै झल्को दिने गरि परिक्षा संचालन गर्दै रुवी भ्याली गाउँपालिका

धादिङ,०४ साउन।
धादिङको रुवी भ्याली गाउँपालिकाले लोकसेवा आयोगकै झल्को दिने गरी करारका कार्मचारी नियुक्तिको लागि परिक्षा सन्चालन गरेको छ ।

गाउँपालिकाले विभिन्न पदको लागि आह्वान गरेको परिक्षामा सहभागीहरुले लोकसेवा आयोगकै झल्को दिने गरी परिक्षा सन्चालन भएको सहभागीहरुले बताएका छन् । जिल्ला समन्वय समितिको हलमा कडा सुरक्षाका बिच परिक्षा सन्चालन गरीएको गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले जानकारी दिनुभयो ।

गाउपालिकामा कार्यरत करारका कर्मचारीहरुको असारमा म्याद सकिएपछि रुवी भ्याली गाउपालिकाले पुन करारमा कर्मचारी नियुक्तिको लागी बिज्ञापन आह््वान गरेको थियो । निष्पक्ष र योग्य कर्मचारी छनोट होस भनि सुरक्षालाई समेत मध्यनजर गर्दै धादिङबेशीमा परिक्षा संचालन गरिएको गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत धु्रवकुमार राईले बताउनु भयो ।

No description available.

लिखित तथा मौखिक परिक्षा सन्चालन पश्चात छनौट भएका कर्मचारीहरुलाई तत्कालै कार्यक्षेत्रमा खटाईने गाउपालिकाका उपाध्यक्ष फे लामा तामाङले बताउनुभयो ।

आफु निर्वाचित भएपछि प्रशासनिक सेवालाई चुस्त दुरुस्त बनाई छिटो छरितो तवरले कार्य सम्पादनमा सहयोग पुगोस भनि योग्य, सक्षम र क्षमतावान कर्मचारी छनोटको लागी नयां बिज्ञापन मार्फत कर्मचारी छनोट गरिएको गाउँपालिकाका अध्यक्ष रामसिङ तामाङले बताउनु भयो । हाम्रो हैन राम्रो कर्मचारी छनोट होस भनेर परिक्षालाई कडा र निष्पक्ष बनाईएको तामाङको भनाई छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्