आजको मौसमः बागमती प्रदेशमा बर्षा,दिउँसो यी स्थानमा चट्याङसहित वर्षाको सम्भावना

धादिङ,५ साउन ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केहि उत्तरतिर अवस्थित रहेको छ। अहिले बागमती प्रदेश मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बिहीबार सुदूरपश्चिम र प्रदेश १ का एक(दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । यता शुक्रबार देशको पहाडी भूभागका केही स्थानहरूमा र अन्य भू-भागका थोरै स्थानहरूमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, बागमती प्रदेश र प्रदेश १ को एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्