सम्पादकीय :– करार सेवाका सन्दर्भ ।

धादिङ,०५ साउन।
यतिखेर स्थानीय तहमा करार सेवामा रहेका कर्मचारीहरुको म्याद थप नगर्ने होड नै चलेको छ । करार सेवामा रहेका कर्माचारीहरुलाई हेर्ने एक प्र्रकारको नराम्रो खालको दृष्टिकोणको कारण पनि यो खालको गतिविधिहरु भैरहेका छन् ।

यस अघिका सरकार वा सो भन्दा पूर्वावस्थाको समयमा समेत स्थानीय तहको सेवा गरिसकेकाहरुलाई अहिले एकैचोटी फाल्नुु वा काममा नआउनु भन्नु सान्दर्भिक विषय त होईन तैपनि स्थानीय सरकार संचालकहरुले त्यो प्रकारको गतिविधि वा काम गरिरहेका छन् यसले दिर्घकालसम्म फाइदा पुग्ला कि बेफाइदा ? यो प्रश्नको उत्तर आउने अझै केही समय लाग्नेछ । पक्कै पनि सरकारको यस्तो निर्णय स्थानीय तह आफैका लागि पनि फाइदाजनक नहुन सक्छ ।

सरकार र स्थानीय तहमा जो जो स्थायी कर्मचारी छन् तीनिहरुबाट मात्रै सरकार संचालनका लागि पूर्ण जनशक्ति भएको भए किन करार सेवामा कर्मचारी माग गर्ने त ? कि पाँच वर्षे सरकार आउनेवित्तिकै हरेक पाँच वर्षमा नयाँ नयाँ कर्मचारीहरु करार सेवामा भर्ति गर्ने र पुनः नयाँ जनप्रतिनिधि वा अर्को कार्यकालका लागि आएको सरकारले आफ्नै शैलि र तरिकामा आफ्ना कार्यकर्ता भर्ति गर्न पाउनुपर्ने हो ?

मुखले भन्नलाई नयाँ सीप भएका प्रविधिसंग काम गर्न सक्ने दक्ष कर्मचारीहरु नियुक्ति गर्न आफूहरुले त्यस प्रकारको काम गरेको कतिपय स्थानमा प्रतिक्रिया समेत आएको छ ।

आफ्ना मान्छे भर्ति गर्ने चााहना कतिपय स्थानमा राखिएको हो भने सरकारले आफ्ना कामलाई प्रभावकारी बनाउनकै लागि आफैले करार सेवामा कर्मचारी भर्ति गर्ने कानून बनाउनु प¥यो होइन भने अहिले भैरहेको अधिकाँश स्थानीय तहहरुले सूचना निकालेका, लोक सेवाको परीक्षा लिएको शैलीमा परीक्षा पनि लिएका र परीक्षामा उत्तिर्ण भएकाहरु वा योग्यताक्रमले योग्य भएकाहरु नै भर्ति गरिएका हुन सक्छन् यस्तो अवस्थामा एउटा विधि, प्रक्रियाबाट आएकाहरुलाई एकैचोटी फाल्नुले सरकारको भूमीकामा सकारात्मक मेसेज जाँदैन अहिलेका जनप्रतिनिधिहरुले यसतर्फ पनि ध्यान दिनुपर्छ ।

करार सेवामा अहिले काम गरिरहेकाहरु एउटै गाउँ, स्थानीय तह वा छिमेकी स्थानीय तहका मात्र छ्रैनन् उनीहरु फरक फरक स्थानीय तहहरुका पनि छन् सरकारले यसबारे थप ध्यान गरोस कि किन स्थानीय तहका करार सेवामा रहेकाहरुलाई फरक दृष्टिकोणबाट हेरिएको छ ? राजनीतिक पार्टीको तर्फबाट विजयी भएका जनप्रतिनिधिहरुले राजनीतिक प्रतिशोध राख्न खोजिएको हो भने, स्थायी कर्मचारीहरुले पूर्ण रुपमा राजनीतिक सदस्यता परित्याग गरेका र करार सेवामा रहेकाहरुले राजनीतिक पार्टीको झण्डा बोके हिँडेका छन् ?

यि र यस्ता विषयहरुमा नि प्रश्न उठ्न सक्छ यसर्थ सरकार संचालकहरुले धेरै विषयमा गम्भीरताका साथ सोचोस् र भनोस् हामी–यो यो कारण करार सेवामा रहेकाहरुलाई म्याद थप गर्दैनम् उनीहरुको मिसन आम नागरिकहरुलाई समेत मन पर्ने हुनुपर्छ त्यसो भयो भने सरकार संचालन गर्ने उनीहरु जस्ता राजनीतिक मान्छेहरुका लागि केही फाइदाको विषय पनि हुन सक्छ ।

अन्यथा जस जसले नेतृत्व गरिरहेको भए पनी उनीहरुको सरकार पाँच वर्षसम्म आलोचनाको केन्द्र बन्ने छैटौ वर्षमा फेरी अर्काले नेतृत्व गर्ने स्थितिमा मात्रै आउने पनि हुन सक्छ । कुरा सेवामा रहेकाहरु फाल्दा त्यो भन्दा परिणाममुखी काम गर्न सफलता पाए मात्रै उनीहरु सफलता पाउनेछन् अन्यथा हुने केही होइन । आफ्नै नेतृत्वमाथि आलोचनाको भारी बोकाउनुभन्दा सकेका काम गर्ने भएका कर्मचारीहरुसंग हातमा हात मिलाउँदै परिणाम सकारात्मक बनाउने दिशातर्फ लाग्नुपर्छ यो नै सबैभन्दा उत्तम विधि पनि हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्