पछिल्लो २४ घण्टामा ४५६ जनालाई कोरोना सङ्क्रमण

धादिङ,०६ साउन।
पछिल्लो २४ घण्टामा चार सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पीसीआर र एन्टिजेन गरी तीन हजार आठ सय ३८ जनाको नमुना परीक्षण गर्दा चार सय ५६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यस्तै गत २४ घण्टामा ८० जना सङ्क्रमित निको भएका छन् भने मृत्यु हुने शुन्य रहेको छ । नेपालमा कोरोनाको सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार आठ सय ४१ जना पुगेको छ । सो अवधिमा तीन लाख ८६ हजार ७८२ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार ८४१ रहेको छ ।

हालसम्म नेपालमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९५४ पुगेको छ । होम आइसोलेशनमा दुई हजार ७०८, संस्थागत आइसोलेसन १३३ र आइसियू २२ जना सङ्क्रमित रहेका छन् ।

हाल देशभरमा ५०० भन्दाबढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र २०० भन्दाबढी सङ्क्रमित रहेको ललितपुर रहेको छ । सून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, मुस्ताङ, जाजरकोट, कालिकोट, मुगु, जुम्ला, बाजुरा र डढेलधुरा रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ५४९ र ललितपुर २५३ र भक्तपुरमा ८० सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्