बाग्मती प्रदेशमा सार्वजनिक गाडीको भाडा बढ्यो : धादिङबेशी–काठमाण्डौको भाडा २७०(कति किलोमिटरको कति रुपैयाँ ?)

धादिङ,०६ साउन ।
बाग्मती प्रदेश सरकारले सार्वजनिक गाडीको भाडा बढाएको छ । प्रदेश सरकारले बढेको भाडादर बाग्मती राजपत्रमा प्रकाशन गरेको छ । भाडा वृद्धिपछि पनि काठमाण्डौ उपत्यकामा सुरुको भाडादर अर्थात् पाँच किलोमिटरसम्मको २० रुपैयाँ नै कायम रहेको छ । त्यस्तै १० किलोमिटरसम्मको भाडा २५ बाट बढेर २७ रुपैयाँ पुगेको छ ।

१५ किलोमिटरसम्मको भाडा ३० बाट बढेर ३२, २० किलोमिटरसम्मको भाडा ३३ बाट ३५ र २० किलोमिटरभन्दा माथिको भाडा ३८ बाट ४० रुपैयाँ पुगेको छ । श्रम रोजगार तथा यातायात मन्त्रालयका अनुसार उपत्यकाबाहिर बाग्मती प्रदेशका क्षेत्रमा यसअघिको भाडामा आठ दशमलव ३९ प्रतिशतले बढेको छ ।

भाडा वृद्धि भएसँगै अब धादिङबेशी देखी काठमाण्डौसम्मको भाडा २ सय ७० कायम भएको छ । यस्तै धादिङबेशी देखी नारायणगढसम्मको भाडा ३ सय ११ कायम भएको छ ।बिद्युतिय माभ्यमबाट सञ्चालित यात्रुबाहक सवारी साधन र ट्याक्सीको हकमा साउन १ गते देखी लागु भएको भाडादर नै यथावत गरिएको छ ।

वैज्ञानिक भाडा समायोजन प्रणालीमा इन्धनको मूल्य पाँच प्रतिशत वा त्योभन्दा बढीले घटेमा वा बढेमा स्वचालितरुपमा भाडादर परिवर्तन हुने उल्लेख छ। बढेको भाडादर आजैदेखि लागू भएको छ।

प्रदेश भित्रका सार्वजनिक सवारी साधनको भाडा निर्धारण-समायोजन सम्बन्धी सूचना

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्