थप ६३८ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु

पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारीअनुसार पाँच हजार ५५ जनामा परीक्षण गर्दा ६३८ जनालाई कोरोना संक्रमण पुष्टि भएको हो । 

दुई हजार २१५ नमुनाको पीसीआर परीक्षण गर्दा ४०० जनामा र दुई हजार ८४० नमुनाको एन्टिजेन परीक्षण गर्दा २३८ जनामा कोरोृना संक्रमण पुष्टि भएको मन्त्रालयले सार्वजनिक तथ्यांकमा उल्लेख छ । 

योसँगै सक्रिय संक्रमितको संख्या तीन हजार ७१४ पुगेको छ । पछिल्लो २४ घण्टामा दुई जनाको मृत्यु भएको छ भने २१८ जना कोरोना संक्रमणमुक्त भएका छन् । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्