धादिङमा गएरातिको वर्षाले पु¥याएको क्षतिको प्रारम्भिक विवरण

धादिङ,१० साउन।
गएराति परेको अविरल वर्षाका कारण धादिङको विभिन्न ठाउँमा ठुलो क्षति पु¥याएको छ ।

क्षतिको प्रारम्भिक विवरण :

-नीलकण्ठ नगरपालिका वडा नं ४–की २४ वर्षिया सर्मिला राना मगरको मृत्यु

-नीलकण्ठ नगरपालिका वडा न ३ र ४ का ३९ घर विस्थापित

-त्रिवेणीचोक नजिकै रहेको ॐ टंकेश्वर इन्टरप्राईजेजको जस्तापाता, ड्रम, रड अनुमानित १ करोड १७ लाख नोक्सान

-सिरानबजार कृष्ण श्रेष्ठको फर्निचर बगाएको

-नीलकण्ठ नगरपालिका वडा न ३ का विनोद श्रेष्ठको १ भैंसी २ पाडा बगाएको

-नीलकण्ठ नगरपालिका वडा न ४ सिम्ले गैरीकी भगवती न्यौपानेको ७ वटा बुंगुर बगाएको

-विजुलिको ४ वटा पोल बगाएको, १२ पोल उच्च जोखिममा र ६ पोल खतरामा

-धादिङ बेसीबाट सल्यानटारतर्फ लगिएको ३३ केभी प्रसारण लाइनमा क्षति, ज्वालामुखी, गङ्गाजमुना, त्रिपुरासुन्दरी र गोरखाको केही भागमा समेत विद्युत् सेवा अवरुद्ध
मर्मत गरी सेवा सञ्चालनमा आउन ३/४ दिन लाग्ने नेपाल विद्युत् प्राधिकरण धादिङको भनाई

-भुलभुले क्षेत्रमा पोलहरु जोखिमपूर्ण

-बजारको खानेपानीको पाइप बगाएको, पानी सप्लाई पूर्ण बन्द भएको र बोरिङका करिब एकसय जति पानी तान्ने मोटर बगाएको

-विमिरे जाने झोलुंगे पुल बगाएको

-अरुङ खोलामा २ वटा मोटरेवल पुल जोखिममा

-४ मोटरसाईकल बगाएको, ४०० रोपनी खेत बगाएको, सिंचाई कुलो अवरुद्ध वडा नं ३ प्रगति टोल र ४ को सुन्दर टोलबिच सम्बन्ध विच्छेद

-नीलकण्ठ १३ मनरुपी स्कुल नजिक दामन पाख्रिन मार्ग कटान भएको हाल बाटो अवरुद्ध

-नीलकण्ठ नगरपालिका वडा नं १३ र १४ जोड्ने कजवे बगाएको

-नीलकण्ठ–७ हाँडिखोलाको पूल क्षतिग्रस्त

-वर्षाका कारण धादिङ बेसी–खाल्टे–फोस्टार, धादिङ बेसी–सुनौलाबजार सडक खण्ड भने पहिरोका कारण अवरुद्ध

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्