नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुग्यो

धादिङ,१३ साउन।
नेपालमा बाघको सङ्ख्या ३ सय ५५ पुगेको छ । योसँगै सन् २०२२ सम्म बाघको सङ्ख्या दोब्बर बनाउने नेपालको लक्ष पूरा भएको छ । सन् २०१० मा एक सय २१ बाघ रहेको नेपालले २०२२ सम्म दोब्बर बनाउने संकल्प गरेको थियो ।

अन्तराष्ट्रिय बाघ दिवसको अवसर पारेर आज सार्वजनिक गरिएको चौथो राष्ट्रिय बाघ गणनाको नतिजा अनुसार चितवनराष्ट्रिय निकुञ्जमा एक सय २८ वटा बाघ, बर्दिया राष्ट्रिय निकुञ्जमा १ सय २५, बाँके राष्ट्रिय निकुञ्जमा २५, पर्सा राष्ट्रिय निकुञ्जमा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ रहेका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्