धादिङ जिल्ला बार एसोसियनको अध्यक्षमा विश्वराज अधिकारी

धादिङ ,१३ साउन।
धादिङ जिल्ला बार एसोसियनको अध्यक्षमा विश्वराज अधिकारी चयन हुनुभएको छ ।शुक्रबार सम्पन्न धादिङ जिल्ला बार एसोसियनको ३४ औँ साधारण सभा र १९ औँ महाधिवेशनले अधिकारीलाई अध्यक्षमा चयन गरेको हो ।

यस्तै एसोसियनको उपाध्यक्षमा टंककुमार श्रेष्ठ, सचिवमा रामचन्द्र भट्ट र कोषाध्यक्षमा अधिवक्ता रामकृष्ण अधिकारी रहनुभएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्