धादिङ समाज जापानको अध्यक्षमा दिनेश लोहनी

धादिङ,१६ चैत ।
धादिङ समाज जापानको अध्यक्षमा दिनेश लोहनी चयन हुनुभएको छ । आईतबार सम्पन्न भएको समाजको चौथो महाधिबेसनबाट दिनेश लोहनीको अध्यक्ष्यतामा दुई बर्षे कार्यकालको लागि २२ सदस्यि नयाँ कार्यसमिति चयन गरिएको हो ।

धादिङबाट जापानमा गई विभिन्न पेशा व्यवसाय, अध्ययन, अनुसन्धानमा संलग्न रहेका धादिङेहरुको साझा संस्था धादिङ समाज जापानको  वरिष्ठ उपाध्यक्ष–श्यामहरी तिम्सिना, उपाध्यक्ष– राम सिमखडा,सन्तोष तिवारी, दिनेश अधिकारी, महिला उपाध्यक्ष – सुजता दुवाडी र महासिचब– बिमल श्रेष्ठ चयन हुनुभएको छ ।

त्यसैगरि सचिव– बिजय सडौला, प्रल्हाद अधिकारी, कोषाध्यक्ष –बिष्णु कुमार श्रेष्ठ,सह–कोषाध्यक्ष– राम बाबु दनाई, सदस्यहरुमा शुसान्त बानियाँ, बद्री खनाल, पुष्पक अर्याल, दिनेश पण्डित, कृष्ण मगर, दिपक बिष्ट, गोकर्ण रुपाखेती, शुवास पाण्डे, राजेश्वर बस्नेत, ध्रुब भट्टराई, मदन कोईराला र बद्री पाण्डे चयन हुनुभएको छ । 

समाजको निवर्तमान अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षतामा सम्पन्न चौथो महाधिबेशनमा संस्थाका संरक्षक केशव अधिकारीको प्रमुख आतिथ्य रहेको थियो । 

धादिङ जिल्लाका बिभिन्न स्थानहरुबाट जापान बसोबास गर्दै आएका धादिङेहरुलाई एकत्रित गरी उनीहरुको भईपरी आउने समस्या समाधान गर्ने तथा धादिङका भौतिक विकास एवं सामाजिक क्षेत्रमा योगदान खिने उद्धेश्यले सन २०१३ मा धादिङ समाज जापानको स्थापना भएको हो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्