२५ स्थानीय तहमा विद्यालयमा नर्स कार्यक्रम थपिदै,२३२ विद्यालयमा नर्स राखिने

धादिङ,१६ साउन।
विद्यालयमा नर्स कार्यक्रम थप २५ स्थानीय तहमा विस्तार हुने भएको छ । विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देशले सुरू भएको विद्यालय नर्स कार्यक्रम थप २५ स्थानीय तहमाविस्तार हुने भएको हो ।

चालु आर्थिक वर्षमा देशका विभिन्न २५ स्थानीय तहका विद्यालयमा नर्स राख्ने कार्यक्रम लागू हुँदैछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशन अनुसार यो वर्ष २५ वटा स्थानीय तहका २३२ विद्यालयमा नर्स नियुक्त हुनेछन् ।

मन्त्रालयका अनुसार बागमती प्रदेश र प्रदेश १ का धेरै विद्यालयमा यसअघि नै विद्यालय नर्स कार्यक्रम सञ्चालनमा आइसकेको छ । यो वर्ष मधेश प्रदेशका ४ वटा स्थानीय तहका ३८ विद्यालय, गण्डकी प्रदेशका ४ वटा स्थानीय तहका ३० विद्यालय, लुम्बिनी प्रदेशका ५ स्थानीय तहका ४६, कर्णाली प्रदेशका ७ स्थानीय तहका ७०, सुदूरपश्चिम प्रदेशका ४ स्थानीय तहका ३८ विद्यालय र प्रदेशको १ को एक स्थानीय तहको १० वटा विद्यालयमा यस वर्ष वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्