एसिड आक्रमणमा परेकाको निःशुल्क उपचार गर्न सरकारले तोक्यो चार अस्पताल

धादिङ,१६ साउन।
एसिड आक्रमणमा परेका पीडितहरुले निःशुल्क उपचार गर्न पाउने भएका छन् । सरकारले एसिड आक्रमणमा परेका पीडितहरुका निःशुल्क उपचार गर्न काठमाडौंका ४ अस्पताललाई तोकेको छ ।

मन्त्रिपरिषद्बाट निर्णय भएबमोजिम एसिड आक्रमणमा परेका पीडितहरुको उपचारसम्बन्धी कार्यविधि २०७८ अनुसार पीडितहरुले आकस्मिक उपचारका लागि देशको कुनै पनि स्वास्थ्य संस्थाबाट निःशुल्क सेवा लिन सक्नेछन् ।

आकस्मिक उपचारपश्चात थप उपचार गर्नुपरेमा त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल, पाटन अस्पताल र कीर्तिपुर अस्पतालबाट निःशुल्क सेवा लिन सक्ने जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्