नेपाल समाजवादी पार्टीको केन्द्रीय सदस्यमा धादिङका सात जना चयन

धादिङ,२१ साउन।
बाबुराम भट्टाराई नेतृत्वको नेपाल समाजवादी पार्टीको केन्द्रिय सदस्यमा धादिङबाट ७ जना चयन भएका छन् ।

धादिङबाट केन्द्रिय सदस्य हुनेमा राजु नेपाल, बीरबहादुर तामाङ (चम्पासिंह), सिर्जना रिजाल (नेपाल), भिम तामाङ, रिमबहादुर बस्येल, रामबहादुर घले र निकिता तामाङ रहेका छन् । जनता समाजवादी पार्टी (जसपा)बाट अलग्गिएका बाबुराम भट्टराईसहितको समूह नेतृत्वको नेपाल समाजवादी पार्टीको १८९ सदस्यीय केन्द्रीय समिति घोषणा भएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्