धादिङ अस्पतालमा डायलासिस सेवा सुरु

धादिङ,२१ साउन।
धादिङ अस्पतालले डायलासिस सेवा सुरु गरेको छ । बागमती प्रदेश सरकारको सहयोगमा अस्पतालले डायलासिस सेवा सुरु गरेको हो।

शनिबार अस्पतालमा एक कार्यक्रमको आयोजना गरी बागमती प्रदेशका मुख्य मन्त्री एवम् एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले डायलासिस सेवाको सुरुवात भएको घोषणा गर्दै उद्घाटन गर्नुभएको हो । मुख्य मन्त्री पाण्डेले स्वास्थ्य सेवालाई नियमित, गुणस्तरीय र विस्तारित सेवालाई प्रभावकारी बनाउन सुझाव दिनुभयो ।

धादिङ अस्पताल व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र धमलाले बढी खर्चिलो हुने र विरामीले विभिन्न समस्या भोग्नु परेका कारण उनीहरुलाई सहज बनाउन धादिङ अस्पतालमै डायलाइसिस सेवा सुरु गरिएको बताउनुभयो । चार वटा डायलाइसिस उपकरणसहित व्यवस्थापन गरिएको सेवाले पहिलेदेखि डायलाइसिस गरिरहेका विरामी लाभान्वित हुने उहाँको भनाई छ ।

अस्पतालले आफ्नो सेवा विस्तार गर्ने क्रममा डायलासिस सेवा सुरु भएसँगै मिर्गौला परीक्षणको लागी अन्यत्र जानुपर्ने बाध्यता अन्त्य भएको अस्पतालका सूचना अधिकारी बिक्रम बि.कले जानकारी दिनुभयो । शनिबारबाट सेवा शुभारम्भ भएसँगै जिल्ला बाहिर पुगेर डायलायसिस गराईरहेका विरामीहरुलाई खवर गरिरहेको र उहाँहरु अब आफ्नै जिल्लामा डायलायसिस सेवा लिन आउने सूचना अधिकारी बि.कले बताउनुभयो ।

कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामा, प्रदेश सांसद डा.रामकुमार अधिकारी लगायतको आतिथ्यता रहेको थियो । मिर्गौला रोगीहरुलाई हेमोडायलाईसिस र पेरिटोनल गरी दुई प्रकारले डायलाइसिस गर्ने गरिन्छ। धादिङ अस्पतालमा थालिएको हेमोडायलाईसिस हो। कुनै पनि रोगका कारण मिर्गौलामा असर प¥र्यो भने अब धादिङ अस्पतालमा नै डायलाइसिस गराउन सकिने छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्