सिद्धलेक अमिलिछापका महिलाहरुलाई बाख्रा उपहार

सिद्धलेक,३१ चैत ।
धादिङको सिद्धलेक गाउँपालिका–७ स्थित अमिलिछापमा महिलाहरुलाई आत्मनिर्भर बनाउन उपहारस्वरुप बाख्रा प्रदान गरिएको छ । प्रयत्नशील सामुदायिक विकास समाज (प्रयास) नेपाल धादिङ, बोहार फाउन्डेसन, हेफर ईन्टरनेशनल नेपाल र सिद्धलेक गाउँपालिकाको साझेदारीमा संचालित सिद्धलेक साना किसान सबलिकरण कार्यक्रम अन्तरगत सोमबार अमिलिछापको ४३ घरका महिलाहरुलाई एक/एक वटा बाख्रा उपहारस्वरुप प्रदान गरिएको हो ।

अमिलिछाप स्वावलम्बी महिला समुहले प्रगतिशील,भुमेश्वर,पञ्चकन्या, छपेलि र डाँफे स्वावलम्बी महिला समुहका ४३ जना सदस्यहरुलाई बाख्रासँगै बाख्रा बाँध्ने किलो र एक मुठ्ठो घाँस समेत वितरण गरीएको कार्यक्रम संयोजक ईश्वरी कोईरालाले जानकारी दिनुभयो । अमिलिछाप स्वावलम्बी महिला समुहका अध्यक्ष सीता खतिवडाको अध्यक्षतामा सम्पन्न उपहार प्रदान कार्यक्रममा कार्यक्रममा सिद्धलेक गाउँपालिका अध्यक्ष प्रेमनाथ सिलवालको प्रमुख आतिथ्य रहेको थियो।

गाउँपालिकाका उपाध्यक्ष कमला शर्माको विशेष आतिथ्य रहेको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नन्दलाल शर्मा, वडा नं ४ का वडाध्यक्ष रामहरि बराकोटि, ७ का लक्ष्मण खतिवडा, प्रयास नेपाल धादिङका अध्यक्ष रेष्टन कडेल,कार्यकारी निर्देश दामोदर अर्याल, उपहार महिला सहकारीका व्यवस्थापक हरि तिमल्सिना,संचारकर्मी, सिद्धलेकमा गठन भएका मुल तथा उपहार समुहका सदस्यहरुको समेत सहभागीता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्नुहुदै गाउँपालिकाका अध्यक्ष सिलवालले महिला शसक्तिकरणको लागी यस्तो कार्यक्रमले महत्वपुर्ण भुमिका खेलेको भन्दै खुशी व्यक्त गर्नुभयो ।आर्थिक स्तर बृद्धि गर्नको लागी कृषि तथा पशुपालन महत्वपुर्ण रहेको भन्दै उहाँले आफुले उपहार पाएको बाख्रालाई राम्रो स्याहार गर्न समेत आग्रह गर्नुभयो । अध्यक्ष सिलवालले गाउँपालिकामा कृषि र पशुपालन क्षेत्रको पकेट क्षेत्र बनाउने आफ्नो सोचमा प्रयास नेपालले सहयोग गरेको भन्दै धन्यवाद दिनुभयो । यसैगरी सिलवालले गाउँपालिकामा कुनै पनी जग्गा बाँझो राख्न नपाउने भन्दै उहाँले बाँझो राख्न नपाईने भनी गरेको निर्णयलाई पनि कार्यक्रमले सहयोग गरेको र महिला दिदिबहिनी मार्फत आयआर्जन र सकारात्मक सोच विकास भएकोमा गाउँपालिका खुशि रहेको र सहकार्य गर्दै जाने बताउनुभएको छ । 

यसैगरी कार्यक्रमलाई सम्बोधन गर्नुहुदै प्रयास नेपालका कार्यकारी निर्देशक दामोदर अर्यालले समुदाय सामाजिक भावना हराउँदै गएको अबस्थामा सामाजिक पुँजि वृद्धि गर्न स्थानीय सीप, प्रविधि,जमिनको प्रयोग गरि आयआर्जनको लागि कार्यक्रम गर्न गाउँपालिकाको सहकार्यमा सहयोग गरिएकोले आफुले पाएको बाख्राको सहि सदुपयोग गर्नको लागी आग्रह गर्नुभयो । सिद्धलेक गाउँपालिकामा अहिले मुल तथा उपहार गरि ६९ समूह र उपहार महिला कृषि सहकारी मार्फत कार्यक्रम संचालनमा रहेको कार्यक्रम संयोजक कोईरालाले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्