धादिङमा मोटरसाईकल दुर्घटना हुंदा तिनजना घाईते

धादिङ,०१ बैशाख ।
धादिङको नीलकण्ठ नगरपालिका वडा नं ८ स्थित कमेरेडाँडाँमा दुई मोटरसाइकल एकापसमा ठक्कर खाँदा तिन जना घाईते भएका छन् । आज दिउँसो करिब ४ः३५ बजे धादिङबेशीबाट मलेखुतर्फ जाँदै गरेको बा ६२ प २३ नम्बरको मोटरसाईकल र कालिदहबाट  धादिङबेशी तर्फ आउदैँ गरेको बा ७८ प ७३८५ नम्बरको मोटरसाईकल एकापसमा मोटरसाइकल ठक्कर खाँदा तिन जना घाईते भएका हुन । 

घाईते हुनेमा सप्तरीको बिष्णुपुर गाउँपालिका घर भई हाल धादिङबेशी बस्दै आएका ७३८५ नम्बरको मोटरसाईकल चालक बर्ष १९ को मधि पुल्का, पछाडी सवार सोही ठाउँका बर्ष ३० का यम महमत यहवशान र पर्साको उदयपुर घुल्मी गाउँपालिकाको बर्ष २२ का बिचारी पासवान(२३ नम्बरको मोटरसाईकल चालक) रहेको जिल्ला प्रहरी कार्यालय धादिङ सुचना अधिकारी प्र.ना.उ.जागेश्वर भण्डारीले जानकारी दिनुभयो । 

घाईते मध्ये २ जना मोटरसाईकल चालकको अवस्था गम्भिर रहेको र थप उपचारको लागि काठमाडौँ रेफर गरिएको र एक घाईतेको धादिङ अस्पतालमा उपचार भईरहेको प्रहरी नायव उपरिक्षक भण्डारीले जानकारी दिनुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्