धादिङमा आज ३२ परिक्षण गर्दा १७ जनामा कोरोना पुष्टि

धादिङ,२९ साउन ।
धादिङका थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आईतबार जिल्लामा गरीएको ३२ एन्टिजेन परिक्षणमध्ये गंगाजमुना गाउँपालिकामा ८, रुबिभ्याली गाउँपालिकामा ६, नीलकण्ठ नगरपालिकामा ३ जना गरी जिल्लामा १७ पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङले जानकारी दिएको छ।

यस्तै संक्रमित मध्ये थप ४ जना डिस्चार्ज भएका छन्। जिल्लामा सक्रिय केशको संख्या ७२ पुगेको छ । संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्