आगामी निर्वाचनमा १ करोड ३० लाख मत खस्ने आयोगको अनुमान

काठमाडौँ,२९ साउन ।
निर्वाचन आयोगले अगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १ करोड ३० लाख मत खस्ने अनुमान गरेको छ ।

आज सम्पादकहरूसँग अन्तरक्रिया गर्दै मङ्सिर ४ गते हुने निर्वाचनका लागि १ करोड ८२ लाख मतदाता कायम भएको प्रमुख निर्वाचत आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिनुभयो । कायम भएका मतदाता मध्ये करिव ४० लाख मतदाता विदेशमा रहेको, यसपटक अस्थायी मतदाताको पनि व्यवस्था रहेकाले कर्मचारी, सेना, प्रहरी समेतले कार्यस्थलबाटै मतदान गर्दा मत खस्ने प्रतिशत बढ्न सक्ने निर्वाचन आयोगको अनुमान छ ।

यसपटक निर्वाचनमा खटिने कर्मचारी, सुरक्षाकर्मी, कैदीबन्दी, स्वीकृति लिई सञ्चालनमा रहेका वृद्धाश्रममा रहेका मतदातालाई अस्थायी मतदाता सूचीमा राखिएको छ । उनीहरूले समानुपातिकतर्फ मतदान गर्न पाउनेछन् । निर्वाचनमा करिब १० अर्ब रूपैयाँ निर्वाचन आयोगबाट खर्च हुने पनि अनुमान गरेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्