इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने 

काठमाडौँ,३० साउन ।
इजरायलले नेपालबाट थप एक हजार कामदार लैजाने भएको छ । यसअघि केयर गिभरमा एक हजार भन्दा बढी नेपाली कामदार लगेको इजरायलले कृषि कामका लागि थप एक हजार जना लैजाने भएको हो ।

उक्त कुराको जानकारी नेपाल स्थित इजरायली दूतावासले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई गराएको छ । आज मन्त्री शेरबहादुर कुँवरसँग भेट गरी इजरायलका राजदूत खनान गोदेरले यस्तो जानकारी गराउनुभएको हो । मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा दुई देशबीचको श्रम सम्झौताबारे छलफल भएको थियो ।

छलफलमा मन्त्री कुँवरलाई राजदूत गोदेरले आज मात्रै इजरायल सरकारले थप १ हजार नेपाली कामदार कृषी कामको लागि लैजाने विषय टुंगो लगाएको बताउनुभएको थियो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्