राष्ट्रिय फुटबलको बन्द प्रशिक्षण बिहीबारबाट

काठमाडौ,३० साउन ।
नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षण आगामी बिहीवारबाट सुरु हुने भएको छ । बङ्गलादेशविरुद्धको एक मैत्रीपूर्ण खेलका लागि बिहीबारबाट बन्द प्रशिक्षण सुरु हुने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

नेपाली टोलीका कार्यवाहक मुख्य प्रशिक्षक प्रदिप हुमागाईले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा ४० खेलाडीलाई बोलाउनुभएको छ । यसअघी मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरीको कार्यशैलीमा असन्तुष्टि जनाउँदै क्याम्प छोडेर बाहिरिएका खेलाडीहरूलाई पनि बन्द प्रशिक्षणमा डाकिएको छ ।

क्याम्प छोडेका सुमन लामा भने यस पटकको टोलीमा अटाउनुभएको छैन । नेपालले आगामी असोज दोस्रो साता बंगलादेशसँग एक मैत्रीपूर्ण खेल खेल्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्