धादिङबेसीमा वैकल्पिक बाटो खोजेर विद्युत सेवा सुचारु

धादिङ,३० साउन।
नेपाल विद्युत प्राधिकरणले धादिङबेशीमा अस्थाई रुपमा वैकल्पिक बाटो मार्फत विद्युत सेवा सुचारु गरेको छ । प्राधिकरणले जरे शव स्टेशनको ११ केभी, आखुखोला र धादिङबेसी शवस्टेशन मिलाएर अहिले धादिङबेसी र आसपासका क्षेत्रमा विद्युत सेवा सुचारु गरिएको छ ।

देविघाट शवस्टेशनबाट आएको तारुकाघाट–धादिङबेसी ३३ के.भी. प्रशारण लाइनमा गएरातिको पहिरोले पोल र तारमा क्षति पुगे पछि विद्युत सेवा सुचारु हुन समय लाग्ने भएकाले वैकल्पिक उपाए अपनाउदै अस्थाई रुपमा धादिङबेसी र आसपासका क्षेत्रमा विद्युत सेवा सुचारु गरिएको धादिङ वितरण केन्द्रका प्रमुख माधव न्यौपानेले बताउनुभयो ।

उक्त ३३ केभी प्रशारण लाइन मर्मत नहुन्जेल अस्थाई व्यवस्थापन गरिएको उहाँको भनाई छ । अस्थाई रुपमा विद्युत जोडिएको सानो क्षमता र टाढाको दुरीबाट विद्युत सेवा सुचारु गरिएकोले छिटो समस्या आउन सक्ने न्यौपानेले बताउनुभयो ।

उहाँले भन्नुुभयो,‘जरेको ११ केभी लाइन गजुरी फिडरसँग धादिङबेसी शवस्टेशन हुँदै आखुखोला शव स्टेशनबाट अहिलेलाई अस्थाई व्यवस्था गरिएको छ’,ढुक्क हुने अवस्था छैन, यसरी जोड्दा छिटो फल्ट आउने संभावना बढी हुन्छ ।’ हाल सदरमुकाम बाहेक जिल्लाका अन्यत्र पनि वैकल्पिक बाटो खोजी भैरहेको उहाँले बताउनुभयो । विद्युत कार्यालय धादिङका अनुसार पहिरोले २ वटा पोल भाँचिएको छ । १० वटा विद्युत पोलमा क्षति पुगेको छ । तारहरु चुडेका छन् ।
तस्वीर : नेपाल बिद्युत प्राधिकरण धादिङ

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्