धादिङ कुम्पुरका सिताराम भुजेल र दाङकी पुष्पा होटलमा मृत फेला

बुटवल,३१ साउन।
बुटवलको एक होटलमा एकजना पुरुष र एक महिला मृत फेला परेका छन्। बु

टवलको तिनाउ पुल नजिकै फूलबारी चोकमा रहेको स्याङजा कारीकोटे होटलको कोठा नं. १३४ मा आइतबार राति सँगै बास बसेका धादिङको कुम्पुर घर भएका अन्दाजी ३५/३६ वर्ष उमेरका सिताराम भुजेल र दाङ घर भएकी अन्दाजी ३३ वर्षकी पुष्पा मृत फेला परेका हुन् ।

सोमबार बिहान कोठामा जाँदा महिला पलङमा उत्तानो परेको अवस्थामा र पुरूष कोठाको पंखामा झुण्डिएको अवस्थामा दुवै जना मृत फेला परेका इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक सन्तोष घिमिरेले बताउनुभयो ।

महिलाको थर र घरको पूरा ठेगाना खुल्न सकेको छैन । तर उनका श्रीमान विदेशतिर रहेको र एक÷डेढ महिनादेखि हराएको भन्ने सुन्नमा आएको प्रहरी निरीक्षक घिमिरेले बताउनुभयो ।

दुवै जनाको शव पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा पठाइएको र रिपोर्ट आउन बाँकी रहेको उनले बताए । घटनाको अनुसन्धान चलिरहेको प्रहरी निरीक्षक घिमिरेको भनाइ छ ।photo:onlinekhabar

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्