धादिङकी थपलियासहित १० जना कांग्रेसको केन्द्रिय सदस्यमा मनोनित

धादिङ,३१ साउन ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले १० जनालाई कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरेका छन् ।

मनोनित हुनेहरुमा धादिङकी उर्मिला थपलिया, महोत्तरीका किरण यादव, राधा घले (काठमाडौं), धना खतिवडा (ललितपुर),रुक्मीणी कोइराला (मोरङ), कल्याणी रिजाल (काठमाडौं), गोमा भट्टराई (झापा), गंगा शाही (रुपन्देही), लक्ष्मी खतिवडा (सुनसरी) र सीटा देवकोटा (नवलपुर) रहेका छन् ।

नेपाली कांग्रेसको विधान, २०१७ को धारा २१ को उपधारा १० बमोजिम उनीहरुलाई केन्द्रीय कार्यसमितिको सदस्यमा मनोनयन गरिएको कांग्रेसद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्