ʻवातावरण हामि बनाउछौँ, शिक्षाको गुणस्तरको लागि शिक्षकहरुले आफ्नो भुमिका निभाउनुʼ :मेयर ढुंगाना

धादिङ,२ भदौ।

गुणस्तरीय शिक्षा सुधारको लागि शिक्षकहरुको भुमिका महत्वपुर्ण रहेको नगर प्रमुख भीम प्रसाद ढुंगानाले बताउनु भएको छ । वालबालिकाहरुको भविष्य निर्माण गर्ने थलो विद्यालय भएको कारण पेशा प्रति पुर्ण प्रतिबद्ध भएर काम गर्नको लागि आग्रह गर्नुभएको हो ।

शिक्षा क्षेत्र सुधारको लागि नगरपालिकाले वातावरण बनाईदिने भन्दै उहाँले सोहि अनुसार रिजल्ट आउने गरी काम गर्नको लागि प्रध्यानाध्यापकहरुलाई आग्रह गर्नुभयो ।प्रध्यानाध्यापकहरुको बैठक तथा ५० प्रतिशत साझेदारीमा स्थाई शिक्षकहरुको लागि ल्यापटप वितरण कार्यक्रमलाई सम्बोधन गर्नुहुदै उहाँले शिक्षा क्षेत्र सुधार नभएसम्म विकास सम्भव नहुने बताउनुभयो।

No description available.

शिक्षा क्षेत्रमा नगरपालिकाले धेरै बजेट बिनियोजन गरेको भन्दै मेयर ढुंगानाले सामुदायिक विद्यालयहरुको शिक्षा क्षेत्र सुधारको लागि सबै एकजुट भएर काम गर्नुपर्ने बताउनुभयो ।गुणस्तरीय शिक्षा प्रवाह गर्न र शिक्षकहरुलाई प्रविधिमैत्री बनाउनको लागि नीलकण्ठ नगरपालिकाले ५० प्रतिशत अनुदानमा शिक्षकहरुलाई ल्यापटप वितरण गर्दै आईरहेको छ ।

No description available.

सामाजिक विकास समितिका संयोजक चिनामायाँ श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा नीलकण्ठ नगरपालिकाका मेयर भीम प्रसाद ढुंडानाको प्रमुख आतिथ्यता रहेको थियो ।नगर उप प्रमुख दीपक विश्वकर्माको विशेष आतिथ्यता रहेको कार्यक्रममा शिक्षा शाखा प्रमुख(उप सचिव) नारायण प्रसाद वाग्ले,सुचना तथा प्रविधि अधिकृत सुरज जोशी,शिक्षा शाखाका कृष्ण लम्साल लगायतको आतिथ्य रहेको थियो ।

No description available.

कार्यक्रममा नगर उप प्रमुख दीपक विश्वकर्माले शिक्षा क्षेत्रलाई गुणस्तरीय बनाउनको लागि सबैले जिम्मेवारपुर्ण ढंगबाट काम गर्नुपर्ने बताउनुभयो ।वर्तमान समयमा प्राविधिक शिक्षाको महत्व बढीरहेको भन्दै उहाँले नगरपालिकाले नीलकण्ठ बहुप्राविधिक शिक्षालय सन्चालन गरेको भन्दै विद्यार्थीहरुलाई प्राविधिक शिक्षाको विषयमा जानकारी गराउनको लागि पनि शिक्षकहरुलाई आग्रह गर्नुभयो। नगर प्रमुख भीम प्रसाद ढुंगानाले आज ७० जना स्थाई शिक्षकहरुलाई ल्यापटप वितरण गर्नुभएको छ ।

No description available.

गतबर्ष पनि शिक्षकहरुलाई ५० प्रतिशत अनुदानमा ल्यापटप वितरण गरिएको थियो ।नीलकण्ठ नगरपालिकाका श्रोत व्यक्ति मेधनाथ कोईरालाले सन्चालन गर्नुभएको कार्यक्रममा शिक्षकहरुले शिक्षा सुधारको लागि गर्नुपर्ने काम र नगरपालिकाले बनाउनुपर्ने रणनीतिको बारेमा आ–आफ्नो भनाई राख्नुभएको थियो ।

No description available.
No description available.
No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्