राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण

काठमाडौ,०५ भाद्र ।

राष्ट्रपति विद्यादेवी भण्डारीले दुई वटा विधेयक प्रमाणीकरण गरेकी छन् । 

संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भएका नेपाल इन्जिनियरिङ परिषद् ऐन, २०५५ लाई संशोधन गर्न बनेको विधेयक र ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयकलाई राष्ट्रपति भण्डारीले प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्