धादिङका थप १० जनामा कोरोना संक्रमण

धादिङ,०५ भाद्र ।
धादिङका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

जिल्लामा गरीएको १९ एन्टिजेन परिक्षणमध्ये त्रिपुरासुन्दरी गाउँपालिकामा ४ जना, धादिङ अस्पतालमा ३ जना, बेनिघाट रोराङ, नेत्रावती डबजोङ र गंगाजमुना गाउँपालिकामा १÷१ जना गरी जिल्लामा १० पोजिटिभ केश देखिएको स्वास्थ्य कार्यालय धादिङको तथ्याङकमा उल्लेख गरीएको छ।

यस्तै जिल्लाका थप १८ संक्रमित डिस्चार्ज भएका छन् । हाल सक्रिय संक्रमितको संख्या ११२ पुगेको छ । र संक्रमित सबै होम आईशालेशनमा रहेका छन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्