बेनिघाटमा अक्सिजन सहितको २० बेड आईशालेशन तयारी

धादिङ,२५ बैशाख ।
धादिङको बेनिघाट रोराङ गाउँपालिकामा अक्सिजन सहितको २० बेडको आईशालेशन तयारी अवस्थामा राखिएको छ । शनिबार गाउँपालिकाले एक सूचना जारी गर्दै आईशालेशन तयारी अवस्थामा राखिएको जनाएको हो ।

विश्वभर फैलिएको कोभिड १९ को महामारीको रोकथाम तथा नियन्त्रणको लागि गाउँपालिकाको प्रत्येक स्वास्थ्य चौकी र मलेख सामुदायिक भवनमा अक्सिजन सिलिन्डर सहित २० बेडको आईशालेशन,अत्यावश्यक औषधी र स्वास्थ्यकर्मीको व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । साथै उपचारको लागि अन्यत्र लैजानुपर्ने अवस्था आएमा एम्बुलेन्स र गाउँपालिका कार्यालयको गाडी समेत तयारी अवस्थामा राखिएकोे छ । 

यस्तै गाउँपालिकाले नागरिकहरुलाई कोरोनाको लक्षण देखिएर उपचारको लागि लैजान परेमा गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र स्वास्थ्य संयोजकलाई सिधै सम्पर्क गर्न आग्रह गरेको छ । अहिले गाउँपालिकामा हाल १२ संक्रमित रहेको छन् जसमा ५ जना जिल्ला भित्र र ७ जना जिल्ला बाहिर रहेका छन् । 

No description available.

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्