देशभर थपिए २ सय ८६ कोरोना संक्रमित

धादिङ,०५ भाद्र ।
पछिल्लो २४ घण्टामा थप २ सय ८६ जनामा कोभिड सङ्क्रमण पुष्टि भएको छ ।

देशभर चार हजार ३ सय ४२३ जनाको नमूना परीक्षण गरिएको थियो । एक हजार ८१६ जनाले पिसिआर र १ हजार ६ सय ७ जनाको एन्टिजेन विधिबाट परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

यही अवधिमा ४ सय ७९ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या नौ लाख ७८ हजार ९ सय १ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव ४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ३४८ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार नौ सय ९२ पुगेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्