वाईसीयलको केन्द्रिय सदस्यमा धादिङका ५ जना चयन

धादिङ,०६ भाद्र ।
नेकपा (माओवादी केन्द्र) को भातृ संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल) को केन्द्रीय सदस्यमा धादिङबाट ५ जना चयन भएका छन् ।

आईतबार सम्पन्न भएको राष्ट्रिय भेलाले सुवोध श्रीपाइली को अध्यक्ष्यतामा ६१ जना पदाधिकारी सहित ३५१ सदस्यीय कार्यसमिति चयन गरेको छ । त्यस्तै, महासचिवमा गणेश शाही चयन भएका छन् । अध्यक्षमा श्रीपाइली सर्वसम्मत रुपमा चयन भएका हुन् ।

धादिङ जिल्लाबाट सचिव सहित ५ जना केन्द्रिय सदस्यमा चयन भएका छन् ।धादिङबाट केन्द्रिय सदस्य हुनेमा उपत्यका विशेष प्रदेशबाट धादिङका थाक्रेका शंकर आचार्य सचिवमा चयन भएका छन् । त्यस्तै केन्द्रिय सदस्यमा सन्तोष डल्लाकोटी,राजाराम रिजाल,सन्तोष गुरुङ,रोमी घले चयन भएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्