धादिङ सहित ५८ जिल्लामा पूर्ण र ११ जिल्लामा आंशिक निषेधाज्ञा

धादिङ,२८ बैशाख ।
कोरोना संक्रमण नियन्त्रणका लागि पूर्ण तथा आंशिक रुपमा निषेधाज्ञा जारी गरिएका जिल्लाहरुको संख्या ६९ पुगेको छ । कोरोना संक्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले ५७ जिल्लामा पूर्ण र १२ जिल्लामा निश्चित स्थान तोकेर आंशिक निषेधाज्ञा जारी गरेको गृह मन्त्रालयको विवरणमा जनाइएको छ ।

काठमाडौं उपत्यकाका तीन जिल्लामा वैशाख १६ गतेदेखि २९ गतेसम्म लगाइएको निषेधाज्ञा २९ गते सकिंदैछ । उपत्यकामा थप १५ दिन निषेधाज्ञा लगाउन जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) ले सिफारिस गरिसकेको छ । यस्तै कास्कीमा वैशाख १५ गतेदेखि लगाइएको निषेधाज्ञा २९ गते राति १२ बजेसम्म थप गरिएको छ भने पर्सामा पनि वैशाख १६ गतेदेखि जारी गरिएको निषेधाज्ञा ३१ गतेसम्म नै लम्ब्याइएको छ  । त्यसैगरी धादिङमा पनि वैशाख १६ गतेदेखि लगाइएको निषेधाज्ञा ३१ गते सम्म जारी छ ।

यस्तै बाँके, सुर्खेत, चितवन, बागलुङ, सुनसरी, बर्दिया तथा झापामा पनि वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । मोरङमा लगाइएको निषेधाज्ञा जेठ ३१ गतेसम्म जारी रहनेछ । काभ्रे, मकवानपुर, रामेछाप, पर्वत, ताप्लेजुङ, म्याग्दी, तनहुँ, इलाम, सिन्धुपाल्चोक, धनकुटा, सप्तरीमा केही स्थानीय तह र क्षेत्रमा मात्रै निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयको विवरणमा उल्लेख छ ।
रुकुम पूर्व, मुस्ताङ, मनाङ, लमजुङ, सोलुखुम्बु, खोटाङ, भोजपुर र तेह्रथुममा भने निषेधाज्ञा जारी गरिएको छैन ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्